मनोरञ्जन समसामयिक

आरोप चिर्ने प्रयास

आँचल शर्माको डेब्यु फिल्म हो, नाईं नभन्नु ल ४ । हिरो थिए, पल शाह । उनको दोस्रो फिल्म रिलिज भयो, जोनी जेन्टलम्यान । हिरो फेरि पल नै । तेस्रो फिल्म प्रदर्शनका क्रममा छ, शत्रुगते । आँचलको अपोजिटमा अरु कोही होइनन्, पल नै छन् । तर, पलले म यस्तो गीत गाउँछुमा पूजा शर्मासँग स्क्रिन सेयर गरिसके । आँचलचाहिँ सधैँ पलसँगै । त्यसमाथि यो जोडी वास्तविक जीवनमा पनि उत्तिकै निकट छन् भन्ने कसैबाट लुकेको  छैन । सोही कारण आँचलमाथि आरोप लाग्न थालिसकेको थियो, उनी पलबाहेक अरुसँग फिल्म खेल्दिनन् भनेर । यसो हेर्दा होजस्तो पनि लाग्थ्यो । तर, चौथो फिल्म ब्ल्याकले यो आरोपलाई मत्थर पार्ने भएको छ । यस फिल्ममा उनी पलसँग होइनन्, आकाश श्रेष्ठसँग रोमान्स गर्दैछिन् । आँचलको करिअरमा आकाश पनि पलजस्तै प्रीतिकर होलान् ? जिज्ञासा जाग्न थालेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ