मनोरञ्जन

आशाको त्यान्द्रो

छविराज ओझाकै ब्यानरबाट रेखा थापा पहिलो नम्बरमा दर्ज भइन्, लामो समयसम्म । छविराजकै ब्यानरबाट करिअर थालनी गरिन्, शिल्पा पोखरेलले पनि । छविको क्याम्पबाट रेखालाई विस्थापित गर्ने जस/अपजस पनि शिल्पालाई नै जान्छ । तर, दुर्भाग्य ! उनले रेखाको जस्तो सफलता कमाउनु त परको कुरा, स्थापित हुनै संघर्ष गरिरहनु परेको छ अझै । न उनी अभिनीत फिल्मले मनग्ये पैसा कमाएका छन्, न अभिनयले प्रशंसा नै । बाहिरी ब्यानरका फिल्ममा समेत उनको उपस्थिति सुखद रहेन । त्यसैले त मंगलम्को प्रदर्शन मिति नजिकिँदै गर्दा शिल्पाको ढुकढुकी बढेको छ । २५ फागुनमा प्रदर्शन हुने यस फिल्मको प्रचारप्रसारमा शिल्पा मात्र होइन, छवि पनि दिल खोलेर लागेका छन् । नत्र यसअघि छवि प्रचारमा अनुदार रहन्थे । सायद यो जोडीले बुझेको हुनुपर्छ, मंगलम् शिल्पाको लागि आशाको अन्तिम त्यान्द्रोसमान हो । ’cause, यसमा उनको अभिनय मात्र होइन, लगानी पनि छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ