मनोरञ्जन

आशिरमानलाई अर्को मौका

पहिलो गाँसमा ढुंगा भेट्दा कस्तो हुन्छ, आशिरमान देशराज जोशीलाई सोध्दा थाहा हुन्छ । डेब्यु फिल्म ग्याङस्टार ब्लुज बक्सअफिसमा चिप्लिएको पीडा जो भोगेका छन् उनले । रिलिजअगाडि उनीप्रति चुलिएको अपेक्षा पनि यस फिल्मले पूरा गर्न सकेन । निर्देशक थिए, हेमराज बिसी । फिल्म फ्लप भएपछि हिरोलाई छोड्ने निर्देशकको जमात बाक्लो छ यहाँ । फेरि आशिरमान त्यसपछि कुनै फिल्ममा देखिएनन् पनि । सोही कारण उनको फिल्मी यात्रा धरमरमा परेको आशंका नगरिएको होइन । तर, हेमराजले आफ्नो आगामी प्रोजेक्ट ब्रेकअपमा आशिरमानलाई नै मौका दिएका छन्, जसले आशिरमानलाई पक्कै राहत दिलाएको हुनुपर्छ । त्यसो त, हेमराजको पनि आफ्नै पीडा छ, अनमोल केसीले खेल्ने माहौल नमिल्दा । कारण, उनी निर्देशित तीन फिल्म हिट भए, तीनैमा अनमोल थिए । दुई फिल्म असफल भए, दुवैमा अनमोल थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *