गृहपृष्ठ राजनीति

ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै दुईहप्ता अघि पेश भएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ।

सुरूमा सर्वोच्च प्रशासनले उक्त रिट अस्वीकार गरेको थियो। प्रधानमन्त्रीको नियुक्ति सम्बन्धमा परेको निवेदन दर्ता गर्न नमिल्ने भन्दै प्रशासनले दरपीठ गरिदिएको थियो।

उक्त दरपीठ विरुद्ध निवेदक यज्ञमणी न्यौपानेले निवेदन दिएपछि डम्बरबहादुर शाहीको इजलासले दर्ता गर्न आदेश गरेको थियो।

उक्त आदेश आएपछि ओलीलाई प्रधानमन्त्रीको रूपमा काम गर्न रोक लगाउने आदेशको माग गरिएको रिट बुधबार दर्ता भएको छ। संसदको शपथ नलिइकन प्रधानमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक काम भएको अधिवक्ता न्यौपानेले जिकिर गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकार कायम राखी त्यही सरकारबाट संसद अधिवेशन आह्वान गराउन रिटमा माग गरिएको थियो।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ