मनोरञ्जन

फरक तर असफल

आमहिरोइनभन्दा भिन्न छवि छ, ऋचा शर्माको । उनी ‘सो–अप’ भूमिकामा मात्र सीमित भइनन्, उमामा माओवादी छापामार बनिन्, टलकजंग भर्सेज टुल्केमा घरेलु दास । को–आफ्नोमा ग्रामीण भेगकी महिलाको चरित्रबाट उस्तै नाम कमाइन् । अझ प्रशंसनीय पक्षचाहिँ, फिल्म निर्माणमा सक्रिय भएपछि पनि यो पहिचानलाई निरन्तरता दिइन् । जस्तो : आधा लभमा फरक उमेर, वर्ग र समुदायका कथालाई बुन्ने प्रयत्न गरिन् । तर, टलकजंग भर्सेज टुल्केबाहेक अन्य फिल्मले व्यावसायिक सफलता हासिल गरेनन् । यसले उनको करिअरमा धक्का त पुगेकै छ । तैपनि, नवीन शैलीलाई पछ्याउन छाडिनन् । प्रमाण हो, सुनकेसरी । उनको अभिनयसमेत रहेको यो फिल्म हरर जनराको हो, जुन विधामा हामीकहाँ असाध्यै कम फिल्म बन्छन् । टिजरले सुखद संकेत देखाएको छ । तर, असफल यात्रामा ‘ब्रेक’ लाग्ला ? पर्खनुको विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *