ग्लोबल

विपद व्यवस्थापनमा सामाजिक सञ्जालको भूमिकाबारे अमेरिकामा प्रशीक्षण दिँदै डीआईजी सुब्बा

नेपाल प्रहरीका डीआईजी राजीव सुब्बाले अमेरिकामा विपद व्यवस्थापनमा सामाजिक सञ्जालको भूमिकाबारे प्रशीक्षण दिएका छन्।

अमेरिकाको हवाईस्थित एशिया प्यासिफिक सेन्टर फर सेक्यूरिटी स्टडिज नामक संस्थाले आयोजना गरेको विपद व्यवस्थापन सम्बन्धी तालीममा सहभागी ३७ देश तथा ६ क्षेत्रीय संगठनहरुका १०३ जना सहभागीहरूलाई प्रशिक्षण दिएका हुन्।

डीआईजी सुब्बाले फागुन १४ र १५ गते ‘सामाजिक सञ्जाल तथा विपद व्यवस्थापन’ सम्बन्धी विषयमा प्रशीक्षण प्रदान गरेका हुन्।

कार्यक्रममा संस्थाका प्राध्यापकहरू, अनुसन्धानकता तथा उच्चपदस्त अधिकारीहरु उपस्थित थिए।

प्रशीक्षक सुब्बाले २०७२ सालको भूकम्प पश्चात नेपाल प्रहरीले सामाजिक संजाल लगायत अन्य सूचना तथा संचार प्रविधिको प्रयोग गरी प्रभावकारी खोज तथा उद्दार कार्य सञ्चालन गरेको सम्बन्धी अनुभव समेत प्रस्तुत गरेका थिए।

आयोजक संस्थाका पदाधिकारीहरूको भेटमा आगामी दिनहरुमा नेपाल प्रहरीलाई विपद व्यवस्थापन सम्बन्धी प्रशीक्षण सहयोग गर्ने तर्फ संस्था सकारात्मक रहेको डीआईजी सुब्बाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *