अर्थ

श्रीलंकाद्वारा भारत ५ विकेटले पराजित

श्रीलंकाले भारतलाई ५ विकेटले हराउँदै कोलम्बोमा जारी भारत, श्रीलंका र बंगलादेश सम्मिलित टि-२० ट्राइसिरिजको पहिलो खेलमा विजयी सुरूवात गरेको छ।

निदास ट्रफी अन्तर्गत कोलम्बोमा भएको पहिलो खेलमा श्रीलंकाविरूद्ध टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो।  १७५ रनको विजयी लक्ष्य घरेलु टोलीले ९ बल बाँकी छदै पुरा गर्‍यो।

श्रीलंकाको जितमा कुशल परेराले विस्फोटक ब्याटिङ गरेका थिए। परेराले ३७ बलमा ६ छक्का र ४ चौकाको मद्दतमा ६६ रन बनाए । त्यस्तै गुनाथिलाका १९ रन बनाउँदा मेन्डीस ११ रन बनाएका थिए। श्रीलंकाका लागि धसुन सनाका र थिसरा परेराले क्रमश १५ र २२ रनको अविजित पारी खेल्दै १८ ओभर ३ बलमा टिमलाई जित दिलाएका थिए।

यसअघि शिखर धवनले सर्वाधिक ९० रन बना पनि भारतका ओपनर रोहित शर्मा शुन्य रनमानै पेभिलियन फर्किएका थिए। सुरेश रैनाले १ रनमात्र बनाएका थिए। तर, मध्यक्रमका ब्याटसम्यानले भारतको स्कोर केही सम्हाले। मनिष पाण्डे ३७ रन बनाउँदा रिसभ पन्त २३ रन  बनाएका थिए। त्यस्तै दिनेश कार्थिकले १३ रन बनाए।

यो खेलसँगै तीन देश सम्मिलित प्रतियोगितामा श्रीलंकाले विजयी सुरुवात गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *