ग्लोबल

फेसबुकलाई १५६ मिलियन अमेरिकी डलर जरिवाना !!

सामाजिक सञ्जाल फेसबुकले जरिवाना तिर्नुपर्ने भएका छन् । बेल्जियमको एक अदालतले १५६ मिलियन अमेरिकी डलर (१६ अर्ब बढी नेपाली रुपैयाँ) बराबर जरिवाना तोकेको हो ।

गोपनियातासँग सम्बन्धित कानूनको उल्लङ्घन गरेको भन्दै फेसबुकमाथि १६ अर्ब रुपैयाँ बढीको जरिवाना तोकिएको छ । फेसबुकले ‘थर्ड पार्टी’ तेस्रो पक्षीय अनलाइनहरुलाई ट्र्याक गरेर गोपनियतासँग सम्बन्धित कानून उल्लङ्घन गरेको अदालतको ठहर छ ।बेल्जियमको अदालतले फेसबुकबाट यूजर्स (प्रयोगकर्ता)हरुको डाटा (विवरण) संकलन गर्न नपाउने आदेश समेत जारी गरेको छ । साथै अदालतले फेसबुकलाई हरेक दिन २ लाख ५० हजार यूरो जरिवाना तिर्न पनि भनेको छ ।

अदालतका अनुसार फेसबुक आफ्ना प्रयोगकर्ताको जानकारी संकलन (स्टोर) गर्न प्रयोगकर्ताको इच्छाको कुनै परवाह गर्दैन । फेसबुकले विज्ञापन र प्रयोगकर्ताको अनुभव बढाउन अन्य वेबसाइटबाट यूजर डाटा ट्र्याक गर्छ । जसमा फेसबुकको ‘प्लग इन्स’ दिइएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *