ग्लोबल

इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या !!

सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको समाचार छ ।

भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गर्नुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । भारतीय संसद्मा विदेशमन्त्री सुषमा स्वराजले इराकमा तीन वर्षअघि निर्माणसम्बन्धी काममा कार्यरत ३९ जना भारतीय नागरिकको इस्लामिक स्ट्टेस (आइएस)ले हत्या गरेको पुष्टि भएको जानकारी दिनुभएको हो ।

इराकको मोसुल सहरको उत्तरपश्चिम भागमा पर्ने बादुशमोमा नगरको दुर्गम क्षेत्रमा एक सामूहिक चिहान फेला परेको र उक्त चिहान तिनै भारतीय नागरिकको रहेको पुष्टि भएको उहाँले बताउनुभयो । गाडिएको अवस्थामा रहेका ३९ वटा शवको डिएनए परीक्षणबाट उनीहरु सन् २०१४ मा अपहरण गरी बेपत्ता बनाइएका भारतीय नागरिकको भएको स्वराजले संसद्मा जानकारी दिनुभएको छ ।

यद्यपी हिजो सोमबार संसदमा स्वराजले ३८ जनाको डिएनए नमूना परिक्षणबाट पुष्टि भएको र एक जनाको भने आंशिक मात्र मिलेको बताउनुभएको थियो । आइएस जिहादी समूहले स्न २०१४ को अक्टोबारमा इराकको मोसुल सहरबाट ती ३९ जना भारतीय नागरिकलाई अपरहण गरेका थिए ।

इराकमा अपहरणपछि उनीहरुको हत्या भएको अनुमान गरी सोही समयदेखि नै व्यापक मात्रामा खोजी कार्य गरिएको थियो । ती सवै भारतीय नागरिक उत्तरी प्रान्त पञ्जावका थिए । ती कामदार मोसुलमा रहेको एक निर्माणसम्बन्धी कम्पनीमा कार्यरत रहेका थिए । कार्यस्थलबाटै उनीहरुलाई आइएसले अपहरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ