गृहपृष्ठ ग्लोबल

फेसबुकका संस्थापकद्वारा गल्ती स्वीकार्दै भने-‘विश्वासघात भयो’ !!

सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा आफ्नो गल्ती स्वीकार गरेको छ । फेसबुकका संस्थापक मार्क जकरबर्गले एउटा राजनीतिक परामर्शदाता कम्पनीले लाखौं फेसबुक प्रयोगकर्ताहरूको विवरण लिएको विषयमा आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका हुन्।

राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले गलत तरिकाले फेसबुक प्रयोगकर्ताहरूको सूचना लिएको आरोप लागेको छ।

केम्ब्रिज एनालिटिकाले पाँच करोड फेसबुक प्रयोगकर्ताहरूबाट विवरणहरू संकलन गरेको र ती मध्ये धेरैले आफ्ना विवरण दिन सहमति नजनाएको बताइएको छ।

केम्ब्रिज एनालिटिकाले ती विवरणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा सघाउ पुर्‍याउन प्रयोग गरेको थियो।

जुकरवर्गले एप बनाउने एलेक्जेण्डर कोगन, केम्ब्रिज एनालिटिका र फेसबुकबीच जे भएको थियो त्यो विश्वासघात सरह भएको पनि बताए।

उनले फेसबुक र आफ्नो कम्पनीसँग आफ्ना जानकारी बाँड्ने प्रयोगकर्ताहरूलाई विश्वासघात भएको बताएका हुन्।

फेसबुकमार्फत सूचना लिँदा जे गल्ती भयो त्यस्ता घटना फेरि नहोउन् भन्नका लागि भविष्यमा केही व्यवस्थाहरू गरिने उनले बताए।

यसैबीच फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो कम्पनीले गल्ती गरेको स्वीकार्दै यो प्रकरणपछि अब तेस्रो पक्षले एपमार्फत फेसबुक प्रयोगकर्ताको जानकारी लिनसक्ने कुरामा कडाइ गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *