गृहपृष्ठ

सेनाको परीक्षामा सहभागी १२ नक्कली परीक्षार्थी पक्राउ !!

नेपाली सेनाले लिएको सैन्यतर्फको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

शनिबार विभिन्न परीक्षा केन्द्रबाट १२ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसएसपी विश्वराज पोखरेलले सेतोपाटीलाई बताए। पक्राउ परेकामध्ये ८ जना महिला छन् ।

प्रहरीले सीआईटी कलेज, कोटेश्वरबाट १० जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिएको पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार आरआर कलेजबाट एकजना फर्जी परीक्षार्थी समातिएका छन्। पक्राउ परेका सबैले अर्काको नाममा परीक्षा दिँदै थिए ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ