अर्थ

चट्याङ लागेर एकको मृत्यु !!

बेनिघाट रोराङ गाउँपालिका–२ घैराङमा चट्याङ लागेर बुधबार बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा घैराङका ४० वर्षीय श्यामबहादुर विक रहेका छन् । घरमा सुतिरहेका वेला मंगलबार राती चट्याङ पर्दा गम्भीर घाइते भएपछि उपचारका क्रममा गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

चट्याङबाट घरमा सामान्य क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *