गृहपृष्ठ ग्लोबल

माउन्ट शिन्मोइमा शक्तिशाली ज्वालामुखी विस्फोट!!

दक्षिण पश्चिम जापानमा रहेको माउन्ट शिन्मोइमा विहिबार निकै शक्तिशाली ज्वालामुखी विस्फोट भएको जापान मौसम विज्ञान विभागले बताएको छ ।

विभागका अनुसार उक्त विस्फोटबाट करिव पाँच हजार मिटर माथीसम्म खरानी फैलिएको थियो । दक्षिण पश्चिमी जापानको मियाजाकी रर कागोशिमा प्रान्तमा रहेको १४२१ मिटर अग्लो पहाडमा मार्च २५ पछिकै शक्तिशाली विस्फोट भएको विभागले बताएको छ । मार्च ६ मा करिव सात वर्षपछि निकै भयानक विस्फोट भएको र त्यसको एक सातापछि विभागले उक्त विस्फोट महिनौसम्म भइरहने अनुमान गरेको थियो । उक्त ज्वालामुखीलाई लेवल ३ को रहेको र यसको ३ किलोमिटरसम्मको क्षेत्रमा प्रवेश निषेध गर्नुका साथै त्यस क्षेत्रमा ढुंगाहरु माथीबाट झर्नसक्ने तथा २ किलोमिटरसम्मको क्षेत्रमा पाइरोक्लास्टिकको वहाव हुने चेतावनी समेत विभागले दिएको छ ।

विहान ३ बजेर ३१ मिनेट जाँदा भएको विस्फोटबाट करिव १.१ किलोमिटर आसपासको क्षेत्रमा ढुंगाहरु झरेको पाइएको थियो भने खरानीका कणहरुको घर्षणका कारण विजुली चम्किएको विभागले पुष्टि गरेको छ । उक्त विस्फोटका कारण खरानी र साना ढुंगाहरुबाट सतर्क रहन स्थानीयलाई विभागले अनुरोध गरेको छ ।
Source: Nepaljapan.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *