अर्थ गृहपृष्ठ

को हुन् सशस्त्र प्रहरीका नयाँ महानिरीक्षक शैलेन्द्र खनाल

सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्तिको लागि सिफारिस गरेको छ। बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक पदमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो।

एआइजी पदमा रहेका ११ मध्ये पुष्पराम केसी, नारायणबाबु थापा, रामशरण पौडेल, जानकीराम भट्टराई, सुबोध अधिकारी, निराकारण विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ मध्येबाट खनाल सशस्त्र नेतृत्वमा चयन भएका हुन्।

नियमावलीअनुसार सातै जना योग्य देखिए पनि वरिष्ठतामा खनाल अगाडि थिए। उनी केसी, थापा र पौडेलभन्दा ११ महिना अगाडि एआइजी भएका हुन्। उनीसँगै एआइजी बनेका जितबहादुर पुनले अवकास पाइसकेकाले उनको ब्याचमा उनी एक्ला थिए।

खनाललाई केपी शर्मा ओली नेतृत्वको एमाले र माओवादी सरकारले २ असार २०७३ मा एआईजीमा बढुवा गरेको थियो । ओली नेतृत्वको सरकारले कार्यदक्षता, सक्षमता तथा मातहतलाई परिचालन गर्ने क्षमतालगायत मूल्यांकन गरी खनाललाई पहिलो नम्बरमा बढुवा गरेको थियो । त्यसबेला खनालसँगै जितबहादुर पुन पनि एआईजी बनेका थिए ।

खनाल एआईजीमा बढुुवा भएदेखि हालसम्म सशस्त्रको तालिम हेर्ने मानवस्रोत विकास विभाग (एचआरडी) मा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *