गृहपृष्ठ

गर्भवतीको मृत्युपछि अस्पतालमा तनाव

गर्भवती मृत्यु भएपछि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको स्थिति तनावपूर्ण भएको छ।

कालिकोटको महावै गाउँपालिका(३ सिमखेतकी मनपषा सिहंको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।

३१ वर्षीया मनिषालाई उपचारका लागि बिहीबार सुर्खेत ल्याइएको थियो। मनिषा र उनको पेटमा भएको बच्चाकोसमेत मृत्यु भएपछि आफन्तहरूले अस्पताल परिसरमा नाराबाजी गरेका छन्।

डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै दोषी डाक्टरलाई कारबाही र मृतकका आफन्तलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ। घटना’bout अस्पताल प्रशासनले भने कुनै प्रतिक्रिया दिएको छैन।

source: setopati

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ