गृहपृष्ठ

३० वर्षीय राजेशको शव वेबारिसे अवस्थामा फेला, हत्या आरोपमा मृतकका भाइ र भिनाजु पक्राउ

धनकुटा – स्थानीय फोहर विसर्जनस्थल छेउमा आज बिहान बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ ।

शव धनकुटा नगरपालिका ६ का ३० वर्षीय राजेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो ।

श्रेष्ठको अनुहार र शरीरमा गम्भीर चोट रहेका कारण हत्या भएको आशंकामा धनकुटा नगरपालिका–६ निवासी मृतकका भाइ ईश्वर, भिनाजु अनिल डंगोल र धनकुटा नगरपालिका– २ घर भएका रुमबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी जनाएको छ । शव परीक्षणका लागि धनकुटा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ