गृहपृष्ठ

वरिष्ठ न्यायाधीश मिश्रले पेशी तोक्ने

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठत्म न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्नुहुने भएको छ । कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत भएसँगै उहाँ बिदामा बस्नुहुने भएकाले वरिष्ठत्म न्यायाधीश मिश्रले आज(आइतबार)देखि पेशी तोक्ने तयारी गर्नुभएको हो । सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार आज(आइतबार)देखि वरिष्ठत्म न्यायाधीश मिश्रले पेशी तोक्नुहुनेछ । […]

अर्थ गृहपृष्ठ

रूँदै राजीनामा दिए कानुनमन्त्री तामाङले

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन्। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले राजीनामा घोषणा गरेका हुन्। उनले अब केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउन जान लागेको जानकारी दिए। उनले आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताए। बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफूलाई सुम्पनु पर्ने अभिव्यक्ति दिएपछि तामाङको […]

गृहपृष्ठ

जुम्ला प्रहरी कार्यालयमा अनसन बसेका डाक्टर केसीलाई कभर्ड हलमा लगियो

जिल्ला प्रहरी कार्यालय जुम्लाभित्र आमरण अनसन बसेका डाक्टर गोविन्द केसीलाई प्रहरीले ठाउँ सारेर जिल्ला खेलकुद विकास समिति अन्तरगतको कभर्ड हलमा लगेको छ। चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने माग राखेर जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न जाँदै गर्दा पक्राउ परेपछि डाक्टर केसीले शनिबार दिउँसो ३ बजे प्रहरी कार्यालयमा अनसन सुरू गरेका थिए। कभर्ड हलको मुख्य गेटमा […]

गृहपृष्ठ

उपेन्द्र देवकोटालाई सिस्नेपानी धाराको पानी खुवाइयो : १० मिनेट स्टेचरमा बोकेर उनलाई आफन्तले घर पुर्‍याए

काठमाडाैं । बरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकाटालाई जन्म घर पालुंटार नगरपालिका ४ स्थित पण्डित गाउँको सिस्नेपानी धाराको पानी खुवाइएको छ । अक्सिजन लगाएरै हेलीकोप्टर मार्फत घर ल्याइएका देवकोटाले केही दिन अघि मात्रै घर जाने र सिस्नेपानी धाराको पानी खाने इच्छा ब्यक्त गरेका थिए । उनकै इच्छा अनुसार छोरी सिलुले सिस्नेपानी धाराबाट थापेर ल्याएको पानी उनले […]

अर्थ गृहपृष्ठ

विपी राजमार्गमा ठूला सवारी साधन नचलाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

सर्वोच्च अदालतले बनेपादेखि बर्दिबाससम्मको विपी राजमार्गमा ठूला सवारी साधनलाई सञ्चालन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विपी राजमार्गमा ३२ सिट क्षमताका गाडी र १६ टन वजन भएका मालवाहक सवारी चलाउन दिने सरकारी निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। अधिवक्ता कैलाश दाहालले आइतबार दिएको रिटमा सुनुवाइ गर्दै मल्लको इजलासले भनेको […]

अर्थ गृहपृष्ठ जीवनशैली

विषादीयुक्त भारतीय आँप नेपाली बजारमा

बिर्तामोड : आँपको सिजन भर्खर सुरु हुँदै छ । जेठ दोस्रो सातादेखि तराईका जिल्लामा आँप पाक्न सुरु गरेको छ । तर, वैशाख मध्यदेखि नै झापासहित नेपाली बजारमा पहेंलै पाकेका आँप धमाधम बिक्री भइरहेको छ । बजारमा पाइने यस्ता आँप भारतीय बजारबाट भित्र्याइएका रहेको जनाइएको छ । आँपलाई ‘क्याल्सियम कार्बाइड’ भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाइने […]

गृहपृष्ठ

१८ बर्षीया दुई बच्चाकी आमाको वेदना : छोरी मान्छेले भुरा पाइहाल्नु पर्छ भन्छन्

काठमाडाैँ । धादिङको चेपाङ्ग वस्तीहरुमा कलिला आमाहरु प्रशस्तै देखिन्छन् भर्खरै बालापन सकेका किशोरीहरुले तेस्रो बच्चा पनि जन्माइसकेका छन् । यसरी कलिलै उमेरमा आमा बनेका महिलामा स्वास्थ्यमा भने जटिल समस्या थपिदो छ गजुरी ३ की बिना चेपाङ्ग उमेरले १९ बर्ष भईन् उनी दुई सन्तानकी आमा बनिसकेकी छिन् १५ बर्षमा स्वइच्छाले बिबाह गरेकी उनले १६ बर्ष मा […]

गृहपृष्ठ

खोप लगाएको पाँच घण्टामै एक बालकको मृत्यु

जुम्ला – तिला गाउँपालिका ३ स्थित पाडा लुम्सेरागाँउमा डिपिडी र हिप बी खोप लगाएको पाँच घण्टामै एक बालकको मृत्यु भएको छ। खोपाका कारण डेढ महिनाका संभव भट्टराईको मृत्यु भएको हो। सकुसल बच्चा खोप लगाइसकेपछि एक्कासी बिरामी भएर पाँच घण्टामै मृत्यु भएको आफन्तले जनाएका छन्।बुवा बालकृष्ण भट्टराईले खोप लगाएकै कारण बच्चाको मृत्यु भएको आरोप लगाए। उनले […]

अर्थ गृहपृष्ठ

इन्धनको मूल्य पुन बढ्यो

जेष्ठ १९, २०७५ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा पुन: बृद्धि गरेको छ । आज मध्यराति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ र हवाई इन्धनमा ५ रुपैयाँले बृद्धि गरेको जनाएको छ । मूल्य बढेसँगै पेट्रोल प्रति लिटर एक […]

गृहपृष्ठ

जिल्ला अस्पतालमै छैन औषधि

मुगु — गर्मीयामको सुरुवातसँगै झाडापखालाका बिरामी बढे पनि जिल्ला अस्पतालमा औषधि अभाव छ । चिकित्सकले ‘प्रेस्किप्सन’ लेखेर बिरामीलाई क्लिनिकमा पठाउन थालेका छन् । छायानाथ रारा नगरपालिकाले खरिद गरिदिएको तीन लाख मूल्यको औषधि सकिएपछि बिरामीलाई क्लिनिकमा पठाउन थालिएको हो । ‘स्टोरमा औषधिको स्टक सकिँदै गएको छ,’ जिल्ला अस्पतालका डा. ज्ञानेश्वर श्रेष्ठले भने, ‘क्षेत्रीय मेडिकल स्टोरबाट आएको औषधिले जेनतेन काम […]