गृहपृष्ठ राजनीति

देउवा सरकारले भूकम्पपीडित र वृद्धभत्ता’bout गरेका निर्णय विवादमा !!

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले भूकम्प, बाढीपीडितलाई १ लाख थप राहत दिने र वृद्धभत्ता पाउने उमेर घटाउन गरेको निर्णयमा विवाद देखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेवसाइटमा मन्त्रिपरिषद्ले गरेको भनिएको भूकम्प र बाढीपीडितलाई थप एक लाख राहत दिने निर्णय’bout उल्लेख गरिएको छैन। कार्यालयले फागुन १६ गते माघ महिनामा  मन्त्रिपरिषद्ले गरेका निर्णय आफ्नो […]

गृहपृष्ठ राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै !!

राष्ट्रिय कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै 0 Shares काठमाडौं चैत्र १५, २०७४   -नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरमा बस्ने बैठकमा आज पनि प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोरेको चुनावी हारको समिक्षा हुने केन्दीय सदस्य कल्याण गुरुङले जानकारी दिनुभयो । अहिलेसम्म ३४ जनाले आफ्नो […]

गृहपृष्ठ राजनीति

‘आत्तिएका’ मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको ढाडस !!

सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीसँग प्रदेश सरकार सञ्चालनमा कठिनाइ भएको गुनासो गरेका छन्। मुख्यमन्त्रीहरूले प्रदेश सरकार सञ्चालनका लागि कानून नभएको, कर्मचारी अभाव रहेको र केन्द्र सरकारबाट सहयोग नभएको  गुनासो गरेका थिए । प्रदेश मुख्यमन्त्रीहरू ‘आत्तिएर’ प्रस्तुत भएपछि प्रधानमन्त्री ओलीले बैठकमा केन्द्र सरकारले सम्हाल्ने बताएका थिए। अधिकाशं प्रदेश सरकारका प्रमुखले कानुन अभावमा ‘के काम गर्ने’ अलमल भएको […]

गृहपृष्ठ राजनीति

तीन साता नपुग्दै मन्त्रालय फुटाइयो, आर्थिक भार कति बढ्यो !!

सरकारले तीन साता नपुग्दै मन्त्रालयको संख्या बढाएको छ। साविकका तीन मन्त्रालय फुटाएर २० वटा पुर्‍याइएको हो। अब संघीय सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २१ वटा मन्त्रालय रहनेछन्। यसअघि प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय थिए। तीन साताअघि मात्रै ३० वटा मन्त्रालयलाई १७ वटामा झारिएको थियो। सरकारले साविकको शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय फुटाएर […]

गृहपृष्ठ राजनीति

ओलीले गरे मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री त?

प्रधानमन्त्री केपी शर्मा ओलीले तेश्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। ओलीले एमाले र माओवादी केन्द्रबाट एघार मन्त्री र चार राज्यमन्त्री थप गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाएकी हुन्। ओलीले एमालेबाट प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम तथा रोजगार, रवीन्द्र अधिकारीलाई पर्यटन, शेरबहादुर तामाङलाई कानून तथा संसदीय मामिला मन्त्री […]

गृहपृष्ठ राजनीति

राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भयोहुनु

राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन्। राष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा उनी दुई तिहाई भन्दा ठूलो मतभार सहित विजयी भएकी हुन्। उनले ३९ हजार २ सय ७५ मत प्राप्त गरेकी हुन्। भण्डारीकी निकटतम प्रतिद्वन्द्वी नेपाल कांग्रेसकी उम्मेद्वार कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन्। निर्वाचनको मतपरिणामको आधिकारिक घोषणा हुन भने […]

राजनीति

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वासको मत : पक्षमा २०८ र विपक्षमा ६० –

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट आइतबार विश्वासको मत लिएका छन्। प्रतिनिधिसभाको बैठकले ओलीले प्रस्तुत गरेको विश्वासको मत बहुमतले पारित भएको हो। उनको पक्षमा २०८ मत परेको छ भने विपक्षमा ६० मत मात्र परेको छ। वाम गठबन्धनका एमाले र माओवादीका सँगै संघीय समाजवादी फोरम, राजपा, राप्रपा र राष्ट्रिय जनमोर्चाले ओलीलाई मत दिएका छन् । प्रधानमन्त्री ओलीको […]

गृहपृष्ठ राजनीति

ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै दुईहप्ता अघि पेश भएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। सुरूमा सर्वोच्च प्रशासनले उक्त रिट अस्वीकार गरेको थियो। प्रधानमन्त्रीको नियुक्ति सम्बन्धमा परेको निवेदन दर्ता गर्न नमिल्ने भन्दै प्रशासनले दरपीठ गरिदिएको थियो। उक्त दरपीठ विरुद्ध निवेदक यज्ञमणी न्यौपानेले निवेदन दिएपछि डम्बरबहादुर शाहीको इजलासले […]

ग्लोबल राजनीति

अष्ट्रेलियामा नेपाली राजदूतावासलाई सक्रिय बनाउन युवाहरूको अभियान

अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाली राजदूतावासलाई जिम्मेबार बनाउने उद्धेश्यले सिड्नीका युवाहरुले केही बुदाँगत मागसहित समाजिक संजालमा दबाब अभियान सुरू गरेका छन्। विशेष गरी अस्ट्रेलियामा उच्च अध्ययन गर्न आउने नेपाली विद्यार्थी र राजदूतावासको दायित्वका विषयमा उब्जिएका केही प्रश्न र नेपाली समुदायका साझा समस्याका विषयमा आवाज उठाएका हौ,’ अभियानका एक अभियानकर्ता तथा काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट,अस्ट्रेलियाका अध्यक्ष […]

राजनीति

अनेरास्ववियू छाड्दै सांसद नविना लामा

अनेरास्ववियूका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ। लामा समानुपातिकतर्फबाट निर्वाचित भएकी हुन्। एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियमअनुसार उनी अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा छिन्। नेकपा (माओवादी केन्द्र)सँग नेकपा(एमाले)को पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न थालेको अनेरास्ववियूका […]