गृहपृष्ठ

हेर्नुहोस् ५० लाख खर्चिएको सार्वजनिक शौचालयको हालत , न हेल्मेट न परमीट भारतीय प्रहरीको सान !

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३३० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । कार्यक्रमको आजको एपिसोडमा निम्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छः १. ५० लाखको शौचालय प्रयोग नहुदै खण्डहर बन्यो चितवन । पुर्वी चितवनको राप्ती नगरपालिकामा करीब ५० लाखको लागतमा निमार्ण भएको […]

गृहपृष्ठ

काशी हिन्दू विश्वविद्यालयबाट तीन स्वर्ण ल्याउने पहिलो नेपाली बने तिवारी

काठमाडौं । लम्जुङ चितीका प्रभाश तिवारी काशी हिन्दू विश्वविद्यालयबाट एकैसाथ तीन स्वर्ण पदक ल्याउने पहिलो नेपाली विद्यार्थी बनेका छन् । भारतको उत्तर प्रदेश वनारशमा रहेको काशी हिन्दू विश्वविद्यालयको एमएससी परीक्षामा तिवारीले वनारश हिन्दू विश्वविद्यालय स्वर्ण पदक, गोल्डेन जुब्ली पदक र डा. हरिनारायण स्वर्ण पदक हाँसिल गरेका हुन् । टेक जियोफिजिक्स अन्तर्गत जल तथा मौसम विज्ञान […]

गृहपृष्ठ

विवेकशील साझा पार्टी फुट्यो, नयाँ पार्टीको नाम ‘विवेकशील नेपाली दल’

काठमाडौं । विवेकशील साझा पार्टी फुटेको छ । यसअघि रबिन्द्र मिश्र र उज्वल थापाको संयुक्त नेतृत्वमा रहेको पार्टीको आगामी रणनीति, नेतृत्वको भूमिका लगायतका विषयमा पार्टीभित्र मतभेद चुलिएपछि पार्टी फुटमा पुगेको हो । पार्टीको उज्वल थापा समूहका १६ सदस्यले विवेकशील नेपाली दल नाम माग गर्दै नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।निवेदन दिनेमा संयोजक […]

अर्थ गृहपृष्ठ

पहिलो र दोस्रो सन्तान छोरी : ३ हजार नगद भत्ता, २५ हजार बैंक खातामा

छोरीको उमेर १८ वर्ष पुगेपछि रकम झिक्न सक्ने विराटनगर । विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप भत्ता वितरण गरेकाे छ । महानगरपालिकाले पहिलो सन्तान छाेरी जन्माउने दम्पतीलाई नगद रु ३ हजार हस्तान्तरण गरेको छ । यसैगरी दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई भने रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको […]

अर्थ गृहपृष्ठ

किस्ट मेडिकल कलेजले माग्यो विद्यार्थीसँग कानुनविपरीत एक लाख

विभिन्न शीर्षकमा कानुनविपरीत विद्यार्थीसँग शुल्क माग्दै ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजले एमबिबिएस/बिडिएस पहिलो वर्षको पढाइ रोकेको छ। कक्षा सुरू भएको २० दिनमै उक्त मेडिकल कलेजले एमबिबिएसमा प्रतिविद्यार्थी एक लाख र बिडिएसमा ९७ हजार ९०४ रूपैयाँ अतिरिक्त शुल्क मागेको हो। पैसा नतिरेका विद्यार्थीलाई आइतबार कक्षाबाट निकालिएको एक विद्यार्थीले सेतोपाटीलाई बताए। कानुनविपरीत शुल्क मागेको भन्दै विद्यार्थीले आइतबार […]

अर्थ गृहपृष्ठ

थप १५ जातीय र धार्मिक पर्वमा सार्वजनिक विदा दिने प्रस्ताव

१९ पुस,काठमाडौं । सरकारले आगामी वर्ष २०७६ सालमा थप १५ वटा जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको छ । आदिवासी जनजाति महासंघलगायत बिभिन्न संघ संस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक बिदा नदिइएकोमा आन्दोलन गर्दै आएका थिए ।बिभिन्न जातीय तथा धार्मिक संघ संस्थाहरुको माग बमोजिम संघीय सरकारले २०७६ सालका लागि […]

गृहपृष्ठ

वरिष्ठ न्यायाधीश मिश्रले पेशी तोक्ने

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठत्म न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्नुहुने भएको छ । कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत भएसँगै उहाँ बिदामा बस्नुहुने भएकाले वरिष्ठत्म न्यायाधीश मिश्रले आज(आइतबार)देखि पेशी तोक्ने तयारी गर्नुभएको हो । सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार आज(आइतबार)देखि वरिष्ठत्म न्यायाधीश मिश्रले पेशी तोक्नुहुनेछ । […]

अर्थ गृहपृष्ठ

रूँदै राजीनामा दिए कानुनमन्त्री तामाङले

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन्। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले राजीनामा घोषणा गरेका हुन्। उनले अब केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउन जान लागेको जानकारी दिए। उनले आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताए। बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफूलाई सुम्पनु पर्ने अभिव्यक्ति दिएपछि तामाङको […]

अर्थ ग्लोबल

सरकारी निकायमा कार्यरत ३० हजारभन्दा बढी कर्मचारीलाई सरकारले एकैपटक हटाउने तयारी गरेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार अस्थायी, करार र ज्यालादारीमा रहेका तल्लो तहका कर्मचारीलाई सरकारले एकैपटक हटाउने गृहकार्य शुरु गरेको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहित विभिन्न मन्त्रालय, विभाग तथा आयोगमा कार्यरतलाई बिदा गर्न लागिएको समाचारमा उल्लेख छ । जागिरबाट हटुन्पर्ने भएपछि प्रभावित कर्मचारीहरु पुनर्बाहलीको माग गर्दै सरकारविरुद्ध आन्दोलित छन् ।

गृहपृष्ठ

जुम्ला प्रहरी कार्यालयमा अनसन बसेका डाक्टर केसीलाई कभर्ड हलमा लगियो

जिल्ला प्रहरी कार्यालय जुम्लाभित्र आमरण अनसन बसेका डाक्टर गोविन्द केसीलाई प्रहरीले ठाउँ सारेर जिल्ला खेलकुद विकास समिति अन्तरगतको कभर्ड हलमा लगेको छ। चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने माग राखेर जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न जाँदै गर्दा पक्राउ परेपछि डाक्टर केसीले शनिबार दिउँसो ३ बजे प्रहरी कार्यालयमा अनसन सुरू गरेका थिए। कभर्ड हलको मुख्य गेटमा […]